काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले फेरि केपी ओली नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि ओली प्रधानमन्त्री पदबाट बर्खात भएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनप्राप्त प्रधानमन्त्रीको नामसहित दाबी प्रस्तुत गर्नका लागि तीन दिनको समय दिएकी छन्।
यसैबीच नेता पोखरेलले संसदले धारा ७६९२० अनुसार बनेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका कारण धारा ७३९३० अन्तर्गत उही प्रधामन्त्रीलाई खोज्नु पर्ने बाध्यता रहेको बताएका हुन्।
सामाजिक सञ्जामाल नेता पोखरेलले लेखेका छन्,‘संसदले धारा ७६ ९२०को जुन प्रमलाई विश्वासको मत दिएन,समयमै विकल्प दिन नसक्दा धारा ७६९३०अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ।’
।