बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालाहरुमा गरिएको ११०७ नमुना परीक्षणमा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकामध्ये बाँकेका ५७१ जना र अन्य जिल्ला बाहिरको रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४२२ नमुना परीक्षण गर्दा ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज् मेडिकल कलेजको प्रगोगशालामा ४३१ नमुना परीक्षण गर्दा ३३० जना तथा बागेश्वरी ल्याबमा २५४ नमुना परीक्षण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने सोही समयमा बाँकेका होम आइसोलेसनसहित अस्पताल र स्थानीय तहको आइसोलेसनबाट ४६८ जना संक्रमितहरु संक्रमण मुक्त भएका छन् । आज मृत्यु हुनेहरुमा ५ जना बाँकेका र २ जना बाँके जिल्ला बाहिरका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
।