सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधसभा बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिंदै (LIVE)

काठमाडौं । संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सो प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया शुरु हुँदैछ । संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् । त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि शुरु भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १५:५०