सूचनाको शक्ति - The Power Of Information

        

बैठकमा अनुपस्थित हुने सांसदलाई कारवाही गर्ने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले ह्वीप उलंघन गर्ने सांसदहरुलाई कारवाहीको तयारी गरेको छ । नेपाल समूहले बैठकमा सहभागी नहुने सांसदहरुलाई ह्वीप उलघंनको आरोपमा कारवाहीको तयारी भएको ओली निकट स्रोत बताउँछ ।

आज नेपाल नेपाल समूहका सांसदहरुले बैठकमा सहभागिता नजनाउने र राजीनामा पनि नदिने निर्णय गरेका थिए । एमालेका मुख्य सचेतक विशाल भट्टराई ह्विप उलंघन गरे कारवाही हुने बताए ।

संसदीय व्यवस्थामा ह्वीप उल्लङ्‍घन गम्भीर अपराध भएको उनले बताए । कुन प्रकृतिको कारवाही गर्ने भन्ने विषयमा पछि निणय हुने उनले बताए । तर नेपाल समूहका सांसदहरु बैठकमा सहभागी हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।

भट्टराईले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूका लागि ह्वीप जारी गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १२:३९