काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै केही दिनदेखि ४ लाखमा संक्रमण देखिइरहेको छ ।
संक्रमणदरसँगै निको हुनेको संख्या पनि उच्च छ । भारतमा अहिलेसम्म एक करोड ८६ लाख ६५ हजार २ स ६६ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड २६ लाख ६२ हजार ४ सय १० रहेको छ भने संक्रमणबाट आजसम्म दुई लाख ४६ हजार १ सय ४६ जनाले ज्यान गुमाएका छन् ।
तीन लाख ७५ हजार ९ सय ९८ जना संक्रमित उपचाररत छन् ।
।