सूचनाको शक्ति - The Power Of Information

        

विभावनको संघारमा एमाले

प्रधानमन्त्री ओलीलाई नेपाल–खनाल समूहले दियो चुनौतीपूर्ण अल्टिमेटम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ । आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश भट्टराईले बताए । आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले यस्तो निर्णय गरेको हो ।

‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौं र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान नौ बजेसम्मको समय दिएका छौं,’ बैठकपछि नेता योगेश भट्टराइले जानकारी दिए ।

ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता नजनाए भोलि कठोर निर्णय लिन बाध्यता हुने उनले बताए । ‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष ओलीको ध्यानाकर्षण, गराएका छौ,’ भट्टराईले भने, ‘सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौं, त्यसका लागि भोलि विहान ९ बजेसम्मको समय दिएका छौ ।’

उनले प्रधानमन्त्री ओलीले विहान ९ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने बताए । ‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन्ने हो,’ नेता भट्टराईले भने । प्रधानमन्त्री ओलीले जेठ २ मा फर्कने प्रतिवद्धता जनाए आफुहरु बैशाख २७ बस्ने संसद बैठकमा सहभागी हुने पनि नेता भट्टराईले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार २१:१९