सूचनाको शक्ति - The Power Of Information

        

समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएको र उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृतसमेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो ।

तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन । यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार १७:२२