सूचनाको शक्ति - The Power Of Information

        

दाङमा खुँडा प्रहार गरी श्रीमतीको हत्या

दाङ । दाङमा एकजनाले खुँडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गढवा गाउँपालिका–२ का ४० वर्षीय धनीराम चौधरीले ४३ वर्षीय श्रीमती शिला चौधरीको खुँडा प्रहार गरी हत्या गरेका हुन् । धनीरामले आइतबार बिहान खुँडा प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द्र प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार आपसी बिबादमा धनीरामले शिलामाथि खुँडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उपचारको लागि लमहीतर्फ ल्याउँदै गर्दा ११ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । खुँडा प्रहार गर्ने चौधरीलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार १६:४४