सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट राप्तीसोनारीका वडा सदस्य कसेराको मृत्यु

बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक जना जनप्रतिनिधि भएको छ । कोरोना संक्रमणबाट राप्तीसोनारी गाउँपालिका वडा नं. ६ फत्तेपुरका वडा सदस्य तारा कसेराको मृत्यु कोभिड–९० संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बैशाख २० गते पीसीआर चेकजाँचका क्रममा कोरोना संक्रमण देखिएपछि सोही दिन भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएर उपचार गराइरहेका ५० वर्षिय वडा सदस्य कसेराको उपचारका क्रममा आज (आइतबार) मृत्यु भएको कोभिड–९० संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

साविक फत्तेपुर गाविसका पूर्व अध्यक्षसमेत रहेका वडा सदस्य कसेरा यसअघि सुगर र प्रेसरको समस्याबाट ग्रसित रहेको बताइएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १३७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार १६:३७