सूचनाको शक्ति - The Power Of Information

        

ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुटवल । दाङमा ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गढवादेखि बेलातर्फ जाँदै गरेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ त २४५० नम्बरको ट्रयाक्टर गढवा गाउँपालिका–७ बालापुर गएराती ठोक्किँदा मोटरसाइकलमा सवार रहेका गढवा गाउँपालिका–७ घोराही निवासी अन्दाजी ६० वर्षका टिकाराम चौधरी रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ढाडले जानकारी दिएको छ । त्यस्तै मोटरसाइकल चालक गढवा गाउँपालिका–७ मानपुर निवासी वर्ष ४५ का चुडमणी पौडेलको पनि अवस्था गम्भीर भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ०९:०७