सूचनाको शक्ति - The Power Of Information

        

बेड नपाउँदा एम्बुलेन्समै वडा सदस्यको ज्यान गयो

अर्घाखाँची । अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एक जना वडा सदस्यको एम्बुलेन्समै मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा नवीन थापामगरको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

थापालाई एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्याइएको थियो ।

तर अस्पतालले आइसियु र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पुर्याइएको थियो । ‘तीन वटा अस्पतालमा पुर्याउँदा पनि कतै पनि बेड पाएनौं,’ रेग्मीले भने, अन्ततः अस्पताल धाउँदा धाउँदै एम्बुलेन्समै उहाँको निधन भयो ।’ नवीनका श्रीमती र १ छोरी छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार २१:२१