सूचनाको शक्ति - The Power Of Information

        

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

काठमाडौँ ।  नेपाली आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला राखेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार, उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् । उनीसहित १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडेका थिए ।

कम्पनीका अनुसार, कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् । उनीहरु तीन दिनअघि मंगलबार आधार शिविरबाट हिँडेका थिए ।

सेभन समिटले यो टोली आज चौथो शिविरमा फर्किसक्ने जनाएको छ । यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ ।

जसमा ९२ महिला र ३ सय १५ पुरुष छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १८:४३