सूचनाको शक्ति - The Power Of Information

        

बझाङका एक कोरोना संक्रमितलाई थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाईयो

बझाङ । बझाङका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागी काठमाण्डौ पठाईएको छ ।

जिल्ला अस्पताल बझाङमा उपचाररत जयपृथ्वी नगरपालिका ९ का ३१ बर्षीय एक पुरुषलाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनु भयो ।

संक्रमित पुरुषमा एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी आईतबार देखि जिल्ला अस्पतालमा उपचाररत थिए ।

बुधबार राती देखि छाती र स्वासप्रस्वासमा समस्या देखिएपछि अवस्था जटिल बन्दै गएको थियो । अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी काठमाडौ रिफर गरिएको जोशीले बताउनुभयो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार ०९:४८