काठमाडौँ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला ६० पुगेको छ ।
कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म ६० जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १३ जिल्लामा आंशिक, बाँकी ४७ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी छ ।
गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।







।