सूचनाको शक्ति - The Power Of Information

        

दाङको बेलझुन्डी कोरोना अस्पतालमा थप ४ संक्रमितको मृत्यु

दाङ । बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा बुधबार एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-९ का ६५ वर्षीय पुरुष, घोराही-१५ का ६५ वर्षीय पुरुष, घोराही-१८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका-४ का ४० वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चारै जना संक्रमितमा निमोनिया देखिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा १ सय शय्याको अस्पताल भए पनि अक्सिजन अभावमा ५७ जना मात्रै बिरामी राखिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार १०:५३