सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

बझाङ । बझाङमा बुधबार ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी कैलाली जिल्ला चुरे गाउँपालिका – ६ का १८ बर्षिय सह– चालक पुरन साउदको घटना स्थलमै मृत्यु भएको हो ।

सदरमुकाम चैनपुरबाट खेइरा हुदै सुर्मा गाउँपालिका जोड्ने चैनपुर कुचा सडक खण्डको निर्माण कार्य भैरहेको छ ।

सडक निर्माणका लागी ढुंगा लैजादै गर्दा जयपृथ्वी नगरपालिका – १० को खेइरामा काफलासैनी कन्सट्रक्सनको से २ त २५९६ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिनुभएको छ ।

मृतकको शव पोष्ट मार्टमका लागी जिल्ला अस्पताल सिमखेतमा राखिएको छ । ट्याक्टर सडक खण्डको घुम्तिमा अनियन्त्रित भएर सडकमै पल्टिएको समेत डिएसपी खड्काले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार ०९:०६