सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ४ लाख १२ हजार संक्रमित थपिए, चार हजारको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ४ लाख १२ हजार कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा हालसम्मकै उच्च संख्या झण्डै ४ हजार संक्रमितको मृत्यु भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार ४ लाख १२ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि हुँदा ३ हजार ९ सय ८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसहित भारतमा कुल संक्रमितको संख्या २ करोड १० लाख ७० हजार पुगेको छ। मृतकको संख्या २ लाख ३० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ७५ हजार ६ सय, अमेरिकामा ४५ हजार, टर्कीमा २६ हजार ४ सय, फ्रान्समा २६ हजार, तथा अर्जेन्टिनामा २४ हजार संक्रमित थपिएका छन्।

यस्तै ब्राजिलमा कोरोनाबाट २ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ भने अमेरिकामा ७ सय २५, अर्जेन्टिनामा ६ सय ६३, मेक्सिकोमा ३ सय ९५ तथा कोलम्बियामा ३ सय ६० जनाको मृत्यु भएको छ।

विश्वभर पछिल्लो २४ घण्टामा ८ लाख ३२ हजारभन्दा बढी संक्रमित थपिँदा १४ हजार बढीको मृत्यु भएको छ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार ०८:२७