सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी उपनिर्वाचनको लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान (पत्रसहित)

काठमाडौं । निर्वाचन आयोगले जेठ १८ गते सम्न्नप हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएकोसँगै आयोगले दल दर्ताको लागि आह्वान गरेको हो ।

निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका तर्फबाट राष्ट्रिय सभा सदस्य रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गरिने जनाएको हो ।आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै गत १९ वैशाखको मन्त्रिपरिषद्को निर्णयानुसार उपनिर्वाचन मिति घोषणा भएको जनाएका छन् ।

लुम्बिनी प्रदेशमा माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनको स्थान रिक्त छ । आयोगले उपनिर्वाचनका लागि बुधबार नै कार्यतालिकासमेत स्वीकृत गरेको छ ।

जसअनुसार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान समय तोकिएको छ । प्रदेश राजधानी तोकिएको दाङ सदरमुकाम घोराहीस्थित निर्वाचन कार्यालयमा अधिकृत कार्यालय स्थापना गर्ने निर्णय आयोगले गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार ०८:२३