सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ विहीबार तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।  प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि दिन उत्तम रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा मायाप्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) आफ्नो क्षमता प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मानसम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने  तथा विलाशी जीवन व्यातित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलार्ई साइड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग छ । सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
सवारी साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोषजनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढी सुन्नुपर्नेछ । आमासँग मनमुटाव बढ्नेछ । विद्यामा बढी नै समय लगानी नगरे अरूभन्दा पछि परिनेछ भने छातीसम्बन्धी सामान्य समस्याले सताउनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विशेष पद पाउने समय छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जोस जाँगर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरूलाई पछिपार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । मीठो बोलेर अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
कामगरी अरूलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मानसम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरूले राज्यबाट पद पाउने समय रहेको छ । विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन लोभ्याउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी सामान्य समस्या आउन सक्छ । पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुःखी हुनेछ । गलत साथीको सङ्गतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग छ, ध्यान दिनुहोला ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार ०८:१५