सूचनाको शक्ति - The Power Of Information

        

वीरगञ्जमा थप १९० जनामा संक्रमण, एकको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा पछिल्लो २४ घण्टामा थप १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा ५७ जना महिला र १३३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले जनाएको छ ।प्रयोगशालामा मंगलबार २८८ जनाको पीसीआर र एन्टिजिन विधिबाट परीक्षण गरिएको थियो ।

संक्रमित हुनेहरु ५ देखि ७० वर्ष उमेरसम्मका छन् । संक्रमितमध्ये पर्साका १३३ जना, बाराका ४१ जना, ७ जना सर्लाही, ५ जना रौतहट, नेपालगञ्ज, सप्तरी, महोत्तरी र धनुषाका १/१ जना रहेको प्रयोगशालाले जनाएको छ ।

नारायणी अस्पतालमा एक संक्रमितको मृत्यु

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज– १० आदर्शनगर बस्ने ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।उपचारको क्रममा गएराति साढे ९ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

कोरोनाका लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएपछि उनको पीसीआर परीक्षण गराईएको थियो । बैशाख १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

पछि झनै गाह्रो भएपछि बैशाख १६ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार ०९:३१