सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा बैशाख ३१ सम्म निषेधाज्ञा

सुर्खेत । सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा बैशाख ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर कम हुने सम्भावना नदेखिएकोले वैशाख ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनले भने, ‘अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने छ ।’

कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था बन्दै गएकोले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना संक्रमण हुनबाट जोगिन प्रजिअ रिजालले आग्रह गरेका छन् । बैशाख २१ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन थपिएको उनले बताए ।

साथै उनले लकडाउन उलंघन गरे एक महिना कैद वा एकसय जरिवाना दुबै सजाय हुने बताए । साथै आदेशको कार्यान्वयनमा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय जरिवाना दुवै सजाय रिजालले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १९:०७