एजेन्सी । अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ ।
राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गर्नुभएको हो ।
उहाँले आगामी वर्षदेखि अमेरिकामा एक लाख २५ हजार जना शरणार्थीले वार्षिक रुपमा प्रवेश पाउने घोषणा गर्नुभएको हो ।
गत वर्ष पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्ने शरणार्थीको संख्या १५ हजारमा सीमित गर्ने घोषणा गरेसँगै उक्त निर्णयको सर्वत्र आलोचा भएको थियो ।
त्यसअघि आमेरिकामा वार्षिकरुपमा ६५ हजार शरणार्थीले प्रवेश पाउने गरेका थिए ।
राष्ट्रपति बाडइनले अघिल्लो सरकारको निर्णय अमेरिकाको मूल्य मान्यता विपरीत भएकाले नयाँ आदेश जारी गरेको बताउनुभएको छ ।
उहाँले आगामी आर्थिक वर्षका लागि एक लाख २५ हजार जना शरणार्थीलाई अमेरिका प्रवेशको अनुमति दिने आफ्नो योजना रहेको बताउनुभएको छ ।
राष्ट्रपति बाइडेनले आफ्नो चुनावी प्रतिवद्धताअनुरुप नै विदेश नीतिमा केही सुधार गर्न लागेको ह्वाइहाउसलाई उधृत गर्दै सीएनएनले जनाएको छ ।
गत जनवरीमा पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति बाइडेनले आप्रवासी शरणार्थीहरुबारे नयाँ कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।
तर मेक्सिकोबाट दक्षिण अमेरिकाको सीमा पार गर्दै आउने आप्रवासीको संख्या अत्याधिक भएसँगै बाइडेनको सो घोषणा कार्यान्वयन हुन सकेको थिएन ।
।