सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एक हप्ता बढ्यो निषेधाज्ञा

बाँके । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो ।

यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्दै संक्रमण फैलावट तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण देखिएपछि सुरूमा स्थानीय प्रशासन नेपालगन्ज उपमहानगरपालिकाले वैशाख ९ गतेदेखि १५ गते रातिसम्मका लागि उपमहानगरभित्रै निषेधाज्ञा लगाएको थियो । पछि कोरोना संक्रमण बढ्न थालेपछि १३ गते रातिदेखि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार १५:३६