सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा सोमबारदेखि निषेधाज्ञा जारी हुने

बझाङ । बझाङमा कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ ।

शनिबारको जिल्ला कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी)को बैठकले एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।

बैशाख २० गते त्रिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म पूण रुपमा जिल्लाभर निषेधाज्ञा गरिएको उहाँले बताउनुभयो । उक्त अवधिमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु पाइने पसल बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिने बताइएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था हरेक दिन बिहान ७ देखि १० बजेसम्म खोल्न दिने डीसीसीएमसीले निर्णय गरेको छ। यसैगरी मालबाहक ट्रक, एम्बलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधन चलाउन नपाइने डीसीसीएमसीले निर्णय गरेको छ ।

विकास निर्माणका कार्यहरू स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिने र समान ढुवानीका लागि र अत्यावश्यक कामका लागि सवारी पास अनिवार्य गरिएको छ ।

बझाङमा हाल सम्म १ सय ८९ जना कोरोना संक्रमित छन भने, हालसम्म जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार ०८:४६