सूचनाको शक्ति - The Power Of Information

        

संविधानसभा सदस्य चौधरीको कोरोना संक्रमणबाट निधन

कैलाली । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कलेजो र मिर्गौला सम्बन्धी समस्याको उपचारका लागि उनी कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा भर्ना भएकी थिइन् ।

सोही क्रममा उनको कोरोना परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको थियो । आइतबारै उपचारका क्रममा स्वास्थ्यमा एकासी समस्या आएर दिउँसो निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । जिल्लाको लम्की चुहा नगरपालिका–६ बागमारा निवासी ४४ बर्षीया चौधरी २०७० सालको संविधान सभा सदस्य थिइन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार १७:४४