सूचनाको शक्ति - The Power Of Information

        

समाचार

विपक्षी दलहरुद्वारा लुम्बिनीका प्रदेश प्रमुखको कार्यालय घेराउ

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुख प्रदेश प्रमुख धर्मनाथ यादवको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन आक्रोशित बनेको हो । पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् ।

जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् । उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार १६:५९