सूचनाको शक्ति - The Power Of Information

        

संक्रमणको जोखिम उच्च रहेका ठाँउमा आन्तरिक र बह्य उडान बन्द गरिने

काठमाडौं । कोभिड १९ सकंट ब्यवस्थापन केन्द्र सीसीएमसीले काेरोना संक्रमणको उच्च जोखिममा रहेका मुलुकसँग हवाइ सम्पर्क बन्द गर्नुपर्ने सिफारिस गरेको छ ।

त्यसै गरी देशभित्र विभिन्न शहरहरुमा कोरोना सक्रमण फैलने क्रम तिव्र रहेको भन्दै  ति क्षेत्रमा आन्तरिक उडान सुचारु राख्दा सक्रमण झन बढने भन्दै आन्तरिक उडान समेत केही समय रोक्न सरकारलाई सिफारिस गरेको छ।

हवाई यात्रका लागि पनि कम्तिमा १ दुई दिनको सयम दिएर बन्द गर्नुपर्ने सुझाब सिसिएमसिले दिएको छ।  भारतसँगको हवाइ सम्पर्क भने तत्काल रोक्नुपर्ने सुझाब दिएको छ। सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसै गरी सीसीएमसीले हाल अस्पतालमा अक्सिजन लगायतका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिन अक्सिजन उत्पादन, सिलिण्डर खरिद, आयात तथा आपूर्ति लगायतका पक्षलाई थप सहज बनाउने विषयमा पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार ०९:१६