सूचनाको शक्ति - The Power Of Information

        

बझाङको मोटरेवल पुलमा राष्ट्रिय झन्डा राखिए

बझाङ ।  बझाङको सदरमुकाम चैनपुरमा नव निर्मित पानकोट मोटरेवल पुलमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।

एक हप्ता अघि निमार्ण सम्पन्न भएको उक्त पुलमा युवाहरु मिलेर १० वटा राष्टिय झण्डा राखेका हुन । युवाहरु मिलेर शुक्रबार एक कार्यक्रमको आयोजना गरी ८ ओटा साना र २ ओटा ठुला गरी १० वटा झण्डाहरु राखेका हुन ।

पुल निमार्ण भए संगै सेल्फी खिच्ने, टिकटक बनाउने र नदी बाट प्रवाह हुने चिसो हावा लिनेहरुको भिड लाग्न थालेको छ । पुलमा आवतजावत बढी हुने गरेपछि सबैमा देशभक्तिको भावना जागरुक गराउन राष्ट्रिय झण्डा राखिएको बताएको छ ।

साथै राष्ट्रिय झन्डाले पुललाइ थप आर्कर्षित गरेको समेत युवाहरुले बताएका छन ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार ०९:१२