एजेन्सी । अमेरिकाले भारतबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ । भारतमा कोरोना महामारीले भयावह अबस्था सिर्जना भएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।
अमेरिकी नागरिकका हकमा भने यो प्रतिबन्ध लागु हुने छैन । ह्वाइट हाउसका प्रवक्ता जोन साकीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको सल्लाहमा आगामी मंगलबारबाट यात्रा प्रतिबन्ध लागु हुने जानकारी दिए ।
प्रवक्ता साकीले भारतमा संक्रमितको संख्या उच्च बन्दै गएको र नयाँ भाइरसको भेरियन्ट चिन्ताको विषय भएको समेत बताए ।
यसअघि अमेरिकाले १० लाख डलर बराबरको स्वास्थ्य सामग्री भारत पठाएको थियो । महामारीको विकराल अबस्थाका कारण विभिन्न देशहरुले भारतसंगको यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।
बेलायतले भारतबाट फर्कनेलाई बाध्यकारी क्वारेन्टिनमा बस्नु पर्ने नियम लागु गरेको छ । पछिल्लो समय भारत कोरोना भाइरसको दोस्रो घातक लहरको सामना गरिरहेको छ ।
त्यहाँ दैनिक संक्रमितको संख्या चार लाखको हाराहारी पुगेको छ । मृत्यु हुनेको दर पनि उकालो लागिरहेको छ ।
।