सूचनाको शक्ति - The Power Of Information

        

यी २३ जिल्लामा लाग्यो निषेधाज्ञा (सूचीसहित)

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लागू भएको छ ।

यस्तै चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा छ । बर्दियामा,  सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोट र कालिकोटमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

त्यस्तै कैलाली, कञ्चनपुर र डडेल्धुरा, दार्चुलामा निषेधाज्ञा जारी गरिएको छ ।  तीन जिल्लामा मध्ये केहीमा आंंशिक र अधिकांशमा जिल्लाजिल्लाभर निषेधाज्ञाको गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार ०७:५९