सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोभिड–१९ लाई जित्न खोपको अपरिहार्यता

हुनसक्छ, केहि मानिस खोप लगाएपछि पनि संक्रमित होलान् तर मर्ने जोखिम हुँदैन । एक मात्रापछि प्रतिरक्ष प्रणाली बलियो हुँदैन, यसमा समय लाग्छ । यस मामलामा हामीले कुनै लापरबाही गर्नुहुँदैन । देशमा खोप लगाउने कार्यक्रम जब शुरु भयो त्यतिबेला संक्रमणको दर र मृत्यु संख्या धेरै न्यून थियो, त्यसको ग्राफ तेजले तलतिर झर्दै थियो । यसकारणले जनसमुदायमा यसप्रति चासो थिएन होला । जबकी गएको एक सप्ताहमा संक्रमित एवं मृत्यु हुनेको संख्या हवात्तै बढेर जाँदैछ ।

अहिले पनि दुई यस्ता कारक छन्, जसले गर्दा टिकाकरण कमी आइराखेको छ । पहिलो टिकाकरणका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु धेरै न्यून मात्रामा अग्रसर छन् । जसलाई बढाउनुपर्ने आवश्यकता छ । दोश्रो टिकाकरणका लागि प्रतिदिन बिहान जति तयारी गरिएको हुन्छ, त्यसको ६० प्रतिशतमात्र परिणाम देखिएको छ । हाम्रो टिकाकरण अभियान शुरु भएको धेरै दिन हुन लाग्यो तर अहिले पनि धेरैजसो प्रौढहरु यसबा बन्चित भइराखेका छन् । टिकाकरणको तथ्याङ्कलाई बढाउनका लागि जनसमुदायलाई केन्द्रसम्म ल्याउनु आवश्यक छ । प्रौढ एवं बृद्धबृद्धाहरु खोप केन्द्रसम्म नपुग्नुको एउटा कारण समाचारहरु हुन, जसमा खोप लगाएपछि मृत्यु हुन सक्ने कुरा भनिएको छ ।

जरुर छैन कि खोपका कारण मानिसहरुको मृत्यु भएको होस्, जसरी समाचारहरुमा प्रचार भइराखेको छ । मृत्युको कारण अर्को पनि हुन सक्छ । यतिबेला मिडियालाई जिम्मेवार हुन आवश्यक छ । युरोपियन युनियनमा खोप लगाएपछि रगतको थोप्ला जम्नेजस्तो खबर आएको थियो । यसबाट पनि मानिसहरु खोप लगाउन डराएका छन् । जबकी यस्ता घटनाहरु ज्यादै न्यून छन् र आदिले पनि प्रमाणित भएको छैन कि खोप लगाएको कारणले नै रगतको थोप्ला जमेको होस् । दुई वटै खोप कोभ्याक्सिन तथा कोभिशिल्डको कुनै ठुलो साइडइफेक्ट छैन ।

संक्रमित भएमा बरिष्ठ नागरिक एवं बिरामी जनसमुदायका मानिसहरु मर्ने खतरा बढि छ । तर खोप लगाएपछि मृत्युको खतरा कम हुनेछ र यस्ता व्यक्तिलाई फाइदा पुग्नेछ । जो न्यून जोखिममा हुन्छन् तिनीहरुलाई कोभिड–१९ बाट मृत्यु हुने खतरा कम छ । यस्तोमा तीनलाई खोपबाट धेरै फाइदा नहोला, त्यसैले समुदायमा जुन समुहलाई बढी फाइदा पुग्नेछ, तीनलाई खोप लगाउन प्राथमिकतामा राखिएको छ । मामुली साइडइफेक्टको डरले खोप नलगाउनु एउटा जिम्मेवारीपूर्ण व्यवहार मान्न सकिन्छ । यसमा फाइदा जोखिम अनुपातमा लाभ बढी र खतरा धेरै कम छ । साँचो कुरा त यो छ कि खोप लगाएर अहिलेसम्म कोही मानिस मरेको छैन ।

बरु अरु कारणले मृत्यु भएको हुनसक्छ, तर प्रत्येक मृत्युको भने जाँच परिक्षण गरिनुपर्दछ । खोप लगाएपछि सामान्य खालको साइडइफेक्ट भएछ भने पनि त्यो यस कुराको संकेत हो कि हाम्रो शरीरले खोप लगाएपछिको प्रतिक्रिया दिइराखेको छ । यसलाई नकारात्मक मानिनुहुँदैन । मैले नैखोप लगाउनु अहिले स्वैच्छिक छ, तर जनसमुदायलाई बल गरेर भए पनि खोप केन्द्रसम्म ल्याउनु आवश्यक छ । जनसमुदायलाई सम्झाउन फिल्म, कलाकार, स्थानीय नेता, धार्मिक नेता आदिलाई अगाडी ल्याउनुपर्ने हुन्छ । समुदायहरुलाई खोपको फाइदाबारे अभिमुखीकरण सचेतना गराउनु धेरै आवश्यक छ, नत्र भने एकपटक फेरि प्रतिदिन मृत्युको तथ्याङ्क हजार पुग्न सक्छ । यस्तो नहोस् यसका लागि खोप लगाउनेहरुको संख्या बढाउनु आवश्यक छ ।

खोप कसरी खेर जानबाट बचाउने ?

प्रत्येक खोप लगाउने अभियानका बेलामा १०–१५ प्रतिशतसम्म खोप खेर जान्छ यसलाई सामान्य मानिन्छ । यस्तो यसकारण हुन्छ किन भने खोपको प्रत्येक भायल (सिसी)मा एक मात्रा मात्र हुँदैन, यदि एक भायलमा १० मात्रा छ भने त्यसलाई खोले पछि निर्धारित घण्टाभित्र त्यसलाई सक्नुपर्ने हुन्छ, होइन भने त्यसको प्रभाव खतम हुन्छ । जब एक भायल सिसी खुल्छ खोप लगाउन त्यहाँ १० जना हुुनु जरुरी छ । अनिमात्र एक भायल सबै प्रयोग हुनसक्छ ।

कतिपटक यस्तो पनि हुन्छ कि एक सिसीको अन्तिम मात्रा प्रयोग गरिँदैन र हुँदैन, किनभने यस कुराको डर रहन्छ कि यो मात्रा पुरा छ कि छैन कहिलेकाहिँ शंका हुन्छ । कतै निर्धारित समयभन्दा बढी खुला नै रहयो कि यस्ता सिसीको खोप फ्याकेर नयाँ सिसीबाट लाइन्छ । कोरोना धेरैजसो स्वस्थ्य युवाहरुको एउटा सेल्फ तिमिटिङ्ग रोग मानिन्छ जुन आफै आउँछ र जान्छ । दोश्रो लहरमा मृत्यु, संक्रमणको संख्या बढेर जालाजस्तो छ । यदि हामीले ४५ वर्ष माथिका उमेर समुहका अधिकांश मानिसहरुलाई लगाउन सक्यौं भने मृत्युको संख्या कम हुन सक्छ ।

चाहे संक्रमितको संख्या जति पनि बढी किन होस् हामीलाई हाम्रा बुजुर्गहरुलाई पूर्ण रुपमा सुरक्षित राख्नुपर्ने आवश्यकता छ । जबसम्म तिनीहरुलाई खोपको दुवै मात्रा नदिइयोस् । हुन सक्छ कि केही व्यक्ति खोप लगाएपछि पनि संक्रमित हुन पुग्लान्, तर मृत्यु हुने जोखिम भने हुँदैन । एउटा मात्र खोपको मात्राले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुँदैन त्यसमा समय लाग्छ । यस मामीलामा हामीले कुनै हेलचेक्राई गर्नुहुँदैन । भाइरसको नयाँ वैरिष्ठ पनि आइराखेका छन् भने यसबाट बचेर रहनु आवश्यक छ । यो हाम्रो जिम्मेवारी हो कि हामी समुदायलाई जागरुक एव सचेत गरौं । (लेखक नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार १५:४३