सूचनाको शक्ति - The Power Of Information

        

इजरायलमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु

काठमाडौं । इजरायलमा यहुदी पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

यो घटना उत्तरी इजरायलस्थित माउन्ट मेरोनको हो । घटनामा कम्तिमा ३८ जनाको मृत्यु भएको स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ठूलो आपत आइलागेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वार्षिक पर्व मनाउन दशौं हजार यहुदा भेला भएका थिए ।

भिड धेरै भएकाले उद्धार कार्यमा समेत कठिनाइ भइरहेको आपतकालीन सेवा प्रदायकहरुले जनाएका छन् । यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण रोकिएको थियो ।

यस वर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ०८:२०