सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

बाँके । बाँकेमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ५ जनाको मृत्यु भएको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए । बुधवार राति र बिहीबार विहान मृत्यु भएको हो ।

नेपालगन्ज ४ का ६० वर्षिय पुरुषको बुधवार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै सोही समयमा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर ११ की ४३ वर्षिया महिलाको मृत्यु भएको थियो ।

त्यसैगरी भेरी अस्पतालमा बुधवार राती १० बजे नेपालगन्ज ९ का ४२ वर्षिय पुरुषको मृत्यु भएको थियो । भेरी अस्पतालमा नै मध्यराति बर्दिया बढैयातालका ३२ वर्षिया पुरुषको राति १ः३० बजे मृत्यु भएको छ ।

भेरी अस्पतालमै नेपालगन्ज ५ का ५५ वर्षिय पुरुषको पनि बिहान ५ः३० बजे मृत्यु भएको वलीले जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १०:१३