सूचनाको शक्ति - The Power Of Information

        

आज देशका यी स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने

काठमाडौं । बिहीबार देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार ०८:४१