सूचनाको शक्ति - The Power Of Information

        

भारतमा लगातार आठौं दिन पनि ३ लाख धेरैमा कोरोना संक्रमण, ३६ सय बढीको मृत्यु

एजेन्सी । भारतमा लगातार आठौं दिन सम्म पनि ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ ।

गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई भाइरसको संक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो अवधिमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा मात्रै झण्डै एक हजार जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा झण्डै २६ हजारलाई संक्रमण भएको छ ।

पश्चिम बङ्गालमा १७ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ३ लाख ६ हजार पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण २ लाखभन्दा धेरैको मृतयु भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार ०८:३७