काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्तर्गतको बैठक बुधबार (आज) दिउँसो पुनः बस्दै छ।
मंगलबार बसेको बैठक सदस्य तथा कर्मचारीको कोरोना परीक्षण नगरेको भन्दै सतपक्षले विरोध गरेपछि स्थगित भएको थियो।
बुधबार बिहान ११ बजे स्वाब संकलन गर्ने र १ बजेदेखि प्रदेश सभा बैठक शुरु हुने नेपाली कांग्रेसका सांसद बिन्दुकुमार थापाले बताए।
बैठकमा सहभागी हुने सबै प्रदेश सभा सदस्यहरुको पीसीआर परीक्षण गर्ने, त्यसमध्ये कुनैलाई संक्रमण देखिए ती सदस्यलाई अलग्गै राखेर मतदान गर्न पाउने व्यवस्था मिलाइने प्रदेश सभा सचिवलायले जनाएको छ।
परीक्षणपछि बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामेबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ।
पीसीआर गर्नुपर्ने भएकाले मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको भोटिङ भने बिहीबारमात्र हुने भएको छ।
सोमबारको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वसकोे प्रस्ताव टेबल भएको छ। विशेष अधिवेशनको पहिलो दिन दलका सांसदहरुले आफ्ना धारणा राखेका थिए।
गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्ष तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
।