सूचनाको शक्ति - The Power Of Information

        

मास्क नलगाएपछि थाइ प्रधानमन्त्रीलाई १९० डलर जरिवाना

प्रधानमन्त्री प्रायुथ चान–ओचा

काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचाले कोरोनाविरुद्धको नियम उल्लंघन गरेपछि जरिवाना तिर्नुपरेको छ । सोमबार मास्क नलगाएपछि उनलाई १९० अमेरिकी डलर जरिवाना तिराइएको राजधानी बैंककको गभर्नरले बताएका छन् ।

गभर्नर अस्विन क्वानमुआङले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘मास्क नलगाएका प्रधानमन्त्रीलाई मैले उहाँलाई नियमको उल्लंघन गरेको जानकारी दिए ।’ सुरुवातमा प्रधानमन्त्रीले मास्क नलगाएको फोटो पनि सार्वजनिक गरिएको थियो । तर त्यो अहिले गभर्नरको फेसबुक पेजबाट हटाइएको छ । रोयटर्स

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १३:३९