सूचनाको शक्ति - The Power Of Information

        

भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७६४ को मृत्यु

काठमाडौं ।  भारतमा थप ३ लाख १९ हजारमा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार छैटौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १९ हजार ४३५ जनामा संक्रमण भएको छ ।

यसअघि (सोमबार ) वैशाख १३ मा भारतमा दोस्रो धेरै ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४५ लाख ४५ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजार ५१३ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८८० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ०७:२६