सूचनाको शक्ति - The Power Of Information

        

कोभिड बिरुद्धको खोप अब सबैलाई

काठमाडौं ।  कोरोना भाइरसविरुद्धको खोप आइतबारबाट १८ देखि ५९ उमेर समूहका सबै व्यक्तिहरुले लगाउन पाउने भएका छन्।

सरकारले पहिलो प्राथमिकतामा रहेका व्यक्तिहरुलाई खोप लगाइसकेपछि आम जनतालाई लगाउने निर्णय गरेको थियो। पहिलो प्राथमिकतामा परेका चिकित्सक, अस्पतालका कर्मचारी, सफाईकर्मी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार तथा जेष्ठ नागरिकहरुले पाइसकेका छन्।

खोप सशस्त्र प्रहरी अस्पताल, कृतिपुर अस्पताल र निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगल र हिमाल अस्पताल, ज्ञानेश्वरमा लगाइने छ।

यस्तै निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भेरोसेलको पहिलो मात्राको खोप वितरण भइरहेको छ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार १७:४९