सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

एकैदिन कोरोनाबाट २८ जनाको मृत्यु, बाँकेमा ३५३ सहित देशभर ३ हजार १२२ जना संक्रमित

कुन जिल्लामा कति काेराेना संक्रमित थपिए ?

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २९२ पीसीआर र ७८६ एन्टिजेन परीक्षण गर्दा त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ३२ र एन्टिजेन विधिबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७७ हजार ५७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार २९२ पीसीआर र ७८६ एन्टिजेन परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

प्रदेश १ को इलाममा ५, उदयपुरमा ३, ओखलढुंगामा ७, खोटाङमा ३, झापामा २३, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११०, संखुवासभामा ५, सुनसरीमा ५ र सोलुखुम्बुमा २ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ को धनुषामा १९, पर्सा ७९, बारामा ३०, महोत्तरीमा १, रौतहटमा १९, सप्तरीमा ६, सर्लाहीमा ६ र सिरहामा ८ जनामा संक्रमण पुष्टि भएको छ।

यता, बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २४, चितवनमा १०, दोलखामा ७, धादिङमा ६, नुवाकोटमा ६, भक्तपुरमा ९६, मकवानपुरमा ८, रामेछापमा ९, ललितपुरमा २७०, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा संक्रमित थपिएको  मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०५, गोरखामा ८, नवलपरासी पूर्वमा १, पर्वतमा ३, मुस्ताङमा १८, म्याग्दीमा ८, बागलुङमा २७ र स्याङजामा १२ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा २२, गुल्मीमा ६, दाङमा ४९, नवलपरासीमा १४, पाल्पामा १५, प्युठानमा ४, बर्दियामा ३८, बाँकेमा ३५३, रुकुम पूर्वमा २, रुपन्देहीमा २०९ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, डोल्पामा २, दैलेखमा ११, रुकुम पश्चिममा ३, सल्यानमा १०, सुर्खेतमा ११८ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १४, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बाजुरामा १ र बैतडीमा १९ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार १७:३९