सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट बाँकेमा एकै रात ३ जनाको ज्यान गयो, मृत्यु हुनेको संख्या ८२ पुग्यो

बाँके । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ । शनिबार राती तीन जनाको मृत्यु भएसँगै बाँकेमा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ पुगेको हो ।

बाँकेका दुई अस्पतालमा अघि रातभरीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा दुई र कोहलपुर मेडिकल कलेजमा एकजनाको मृत्यु भएको हो ।

मेडिकल कलेजमा कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी ३६ वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगञ्जको भेरी अस्पतालमा खजुरा गाउँपालिका वडा नम्बर ३ का ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा नै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार १०:५६