सूचनाको शक्ति - The Power Of Information

        

डढेलो सरी फैलदै कोरोनाः जनशक्ति नहुँदा आइसीयु र भेन्टिलेटर थन्किए

बझाङ । भारत बाट घरफर्केका बझाङकोे जयपृथ्वी नगरपालिका ६ का ४८ बर्षिय पुरुषको विहिबार कोरोना संक्रमणका मृत्यु भयो । उनी भारतको तामिललाडु बाट चैत २९ गते बझाङ आएका थिए ।

उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा बैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोनां पोजेटिभ देखियो । संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहोलपुर लैैजादै गर्दा बाटोमै मृत्यु भयो ।

कोभिड १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा संचालनमा ल्याईएका आईसीयु र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन ।

आइसीयु र भेन्टिलेटर सेवा संचालनमा नआँउदा अस्पतालले जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेका जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताउनु भएको छ ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गए पनि जनशक्ति नहँुदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीले बताउनु भयो ।

नयाँ बर्षका लागी घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण देखियो । आईतबार जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिकाका र जयपृथ्वी नगरपालिकाका दुई जनामा कोरोनाको जस्तो लक्षण देखिएपछि परीक्षण गर्दा दुबै जनामा कोरोना कोरोना पोजेटिभ देखियो ।

जिल्ला अस्पतालमै कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा पनि कोरोनाका लक्षणहरू देखिए । परीक्षण गर्दा संक्रमण पुष्टि भयो । ती स्वास्थ्यकर्र्मीमा यस अघि पनि कोरोना पोजेटिभ देखिएको थियो । कोभिडविरुद्धको पहिलो मात्रा भ्याक्सिन लगाइसकेकी उनलाई पहिला भन्दा कडा खालका लक्षणहरू देखिएको छ । सबै जना अहिले जिल्ला अस्पतालमा छन ।

बझाङका १२ वटै स्थानिय तहको पहलमा स्थापना गरिएको पीसीआर प्रयोगशाला र प्रदेश सरकारले सहयोगमा संचालनमा ल्याईएका आईसीयु र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालनमा ल्याउन नसकेर त्यसै थन्किएका छन ।

सेवा सञ्चालनका लागि चार जना कर्मचारी आवश्यक पर्ने र सबैको सेवा सुविधा अस्पताल विकास समितिले व्यहोर्न सम्भव नभएपछि सेवा बन्द गरिए जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताउनु भयो । डा.ओखेडाले भने, अस्पतालमा उपलब्ध जनशक्ति र सीपकै भरमा भेन्टिलेटर सञ्चालन गर्न सम्भव भएन ।

आइसीयु र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन । सुरुमा अस्पतालले सेवा सुविधा व्यहोर्ने गरि कर्मचारी माग गरेका हौ । कोहि पनि आएनन । दुर्गम भने पछि कसैले आउन मान्दैनन । प्रदेश सरकाले अस्पतालमा कस्तो जनशक्ति आवश्यक छ भनेर माग गरेको छ । आवश्यक जनशक्ति मागका लागी पत्र पठाउने तयारीमा छौ । प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्न सके चाँडै संचालनमा आउछ । जनशक्ति नहुँदा जडान गरिएका उपकरण पनि प्रयोग गर्न नपाएको उनको दुखेसो छ ।

सुदूरपश्चिममा कोरोनाको नयाँ संक्रमितको संख्या बढदै गएको छ । रोजगारीका लागी भारत गएकाहरु घर फर्कन थाले संगै कोरोना संक्रमण देखिन थालेको छ । यहि दरमा संक्रमित थपिदै गए प्रदेशमा उपलब्ध स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्ने चिकित्सकहरु बताउछन । सुदूरपश्चिमका विभिन्न अस्पतालहरुमा जडान गरिएका आइसीयु र भेन्टिलेटर पनि प्रयोगविहिन छन ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दश वटा अस्पतालमा भेन्टिलेटर र आइसीयु जडान गरेको थियो । तीमध्ये सेती प्रादेशिक अस्पताल, टीकापुर, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आइसीयु र भेन्टिलेटर संचालनका लागी दक्ष जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको अस्पतालहरूले जनाएका छन् । प्रदेशका ६ पहाडी जिल्ला अस्पतालहरुमा जडान गरिएका आइसीयु र भेन्टिलेटर उपकरण प्रयोगमा आउन सकेका छैनन् ।

पाँच महिनाअघि प्रदेश सरकारको सहयोगमा पहाडी जिल्लाका अस्पतालहरुमा अध्याधुनिक उपकरण सहितका आइसीयु र भेन्टिलेटर जडान गरिएको थियो । संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरु भरिन थालेका छन ।

संक्रमण दर यहि गतिमा बढे केहि दिनमा उपचारका लागि आइसीयु र भेन्टिलेटरको अभाव हुने स्वास्थ्यकर्मी बताउँछन । संक्रमितको उपचारका लागि रेफरल अस्पताल तोकिएको सेतीको कोरोना अस्पतालमा अहिले २१ जना संक्रमितको उपचार भइरहेको छ ।

देशभर उपकरण संचालनका लागी दक्ष प्राविधिक जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताउनु भएको छ ।

उहाँले भेन्टिलेटर र आइसीयु चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ । जुन देशभर कमै मात्रामा छन । सबै ठाँउमा जनशक्ति पु¥याउन पनि सम्भव छैन ।

संक्रमण फैलन थालेकाले केहि हद सम्म नियन्त्रणका लागी आइसीयु र भेन्टिलेटर सञ्चालनका लागि जिल्लामा भएका डाक्टर र स्टाप नर्सलाई कम्तीमा पनि तीन महिनाको सानो प्याकेजको तालिम संचालन गर्नुपर्ने आवश्यक देखिएको छ ।

संक्रमणको अवस्था सामान्य नभएकाल यस विषयमा मन्त्रालयमा छलफल भईरहेको छ । एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन नभए पनि कार्यरत चिकित्सकलाई छोटो अवधिको तालिम दिएर ती उपकरण सञ्चालन ल्याउने गरी नितीगत निर्णय गर्न मन्त्रालय संग माग गरेको छु । सुदुरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा भएकाले सबैले सर्तक रहनुपर्छ ।

अहिले गड्डाचौकी र गौरीफन्टा नाका भएर नेपाल भित्रने अधिकांस पहाडी जिल्लाहरुका छन । सुदुरपश्चिममा कोरोना भाईरसको संक्रमण डढेलो सरी फैलिदै गएको छ । दिनको दुईगुण बढी संक्रमित भईरहेका बेला यसको संक्रमण बाट बच्ने उपायहरु अपनाउनु बाहेक अर्को विकल्प नभएको बताउनु भयो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार ०८:३६