सूचनाको शक्ति - The Power Of Information

        

राजस्थानको दोस्रो जित, कोलकता चौथो खेलमा पराजित

काठमाडौं । आइपिएलमा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ।

शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गर्‍यो।

अंक तालिकाको पुछारमा रहेको कोलकताको यो पाँच खेलमा चौथो हार हो।

पहिले ब्याटिङ गरेको कोकलताले ९ विकेटको क्षतिमा १३३ रन मात्र जोड्न सक्यो।

उसका लागि राहुल त्रिपाठीले सबैभन्दा बढी ३६ रन जोडे।

कोलकतालाई सस्तोमा रोक्न राजस्थानका क्रिस मोरिसले ४ विकेट लिए। उनले चार ओभरमा २३ रन खर्चिए।

१३४ रनको लक्ष्य राजस्थानले ४ विकेटको क्षतिमा १८.५ ‌ओभरमा पूरा गर्‍यो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले नटआउट ४२ रन जोडे।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार ०८:३०