सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप २ कोरोना संक्रमितको मृत्यु, यो सँगै ज्यान गुमाउनेको संख्या ८१ पुग्यो

बाँके । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

कोहलपुर मेडिकल कलेजमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर १० की ३६ वर्षीया महिलाको मृत्यु भएको छ। उनको गए राति २ बजे मृत्यु भएको हो। उनी वैशाख १० गते कोहलपुर अस्पताल भर्ना भएकी थिइन्।

यस्तै बाँकेको खजुरा ३ की ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। उनको शनिबार राति १० बजे मृत्यु भएको हो। उनी गत वैशाख १ गते अस्पताल भर्ना भएकी थिइन्।

योसँगै बाँकेमा कोरोनाबाट ८१ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार ०८:१९