सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक महाधिवेशन आयोजक कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

पूर्व कार्यालय सचिव ईश्वरी रिजालको नामबाट आकस्मिक बैठकको जानकारी पठाइएको एक आयोजक कमिटी सदस्यले जानकारी दिएका छन् ।

बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको ती सदस्यको भनाइ छ ।

दुई दिनअघि मात्रै आयोजक कमिटीको पहिलो बैठक सकिएको थियो । दुई दिन नबित्दै बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार ०८:१६