बाँके । बाँके निर्वाचन क्षेत्र नं २ बाट संघीय संसदमा निर्वाचित सांसद तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगन्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।
पूर्व मन्त्री राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन । पूर्वमन्त्री राईले उपमहानगरभित्र बाटो र धार्मिक संस्थाभित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडका बिरामीका लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको बताए ।
पछिलो समय नेपालगन्ज कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएपछि पूर्वमन्त्री राइले अस्पताललाई ५० लाख रकम उपलब्ध गराएको जानकारी दिएका छन् ।
।