सूचनाको शक्ति - The Power Of Information

        

गायक श्रीकृष्ण श्रेत्रीको स्वरमा ‘राम हो झुमा हो’ गीत सार्वजनिक

काठमाडौं । गायक श्रीकृष्ण श्रेत्री र गायिका मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत सार्वजनिक भएको छ ।

बिदुर गिरीको शब्द तथा गायक स्वयम् श्रेत्रीको संगीत रहेको छ । मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषयलाई समेटिएको छ ।

आफुले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दैे मनाएको विषबस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुङगानाले अभिनय मार्फत उतारेका छन् । गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ ।

छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ११:४२