सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर

बझाङ । बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल प्रशन नारायण जोशीले जानकारी दिए ।

भारतको तामिलनाडुबाट चैत २९ मा बझाङ आएका संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनले अस्पतालको प्रयोगशालामा बैशाख १ गते कोभिड चेकजाँच गर्दा पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार १८:५०