सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ८६ वर्षिया संक्रमितको आज बिहान २ः १५ बजे मृत्यु भएको हो।

जिल्ला कोभिड१९ संकट व्यवस्था केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार वैशाख ७ गते अस्पताल भर्ना भएकी उनलाइ  ८ गते  कोरोना पोजिटिव पुष्टि भएको थियो।

नेपालगन्ज उपमहानगरपालिका १७ निवासी वृद्धाको मृत्यु सँगै बाँकेमा ६७ कोरोना संक्रमितको मृत्यु भएको छ। उनको शव व्यवस्थापनको तयारी भइरहेको फोकल पर्सन वलीले जानकारी दिए।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार ११:१२