बाँके । नेपालगञ्जमा बिहीबार बिहान १० बजेसम्म २ सय ४ जना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसरा ३ सय ५० जनाको पीसीआर परिक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगञ्जमा लकडाउन गरिएको छ ।
अत्यावश्यक कामबाहेक हिड्डुल बन्द गरिएको छ । लकडाउनले गर्दा नेपालगञ्जका बजार पूर्णरुपमा बन्द छन् । भारतबाट आउने नेपालीलाई नाकाबाट नगरबसले बसपार्कमा ल्याउने र त्यहाँबाट सम्बन्धित गन्तब्यतिर पठाउने व्यवस्था गरिएको छ ।
भारतको दिल्ली, मुम्बई, गुजरातमा कोरोना अत्याधिक बढेपछि त्यहाँ रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीका अनुसार दैनिक ५ हजार नेपाली घर फर्किरहेको बताए ।
।